२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

हाँस्यकलाकार रुपाखेतीको निर्देशनमा ‘असल बुहारी’ सार्वजनिक

काठमाडौ, ८ चैत । हाँस्यकलाकार दमन रुपाखेतीको निर्देशनमा बनेको छोटो फिल्म’असल बुहारी’ युट्युबमा सार्वजनिक गरिएको छ । पछिल्लो समय जदौं नामक सिरियलको निर्देशन गर्दै आएका रुपाखेतीले आफ्नै च्यालन दमन रुपाखेतीबाट असल बुहारीलाई सार्वजनिक गरेका हुन् ।

भिडियो सार्वजनिक गर्नु अघि पत्रकार सम्मेलन गर्दै निर्देशक रुपाखेतीले आफूले समाजमा देखेको महिलाहरू माथि हुने दमन र शोषणलाई फिल्म मार्फत प्रस्तुत गरेको बताएका छन् । उनका अनुसार असल बुहारी हेर्नेहरूले महिलाको सहनशिलता र त्याग बुझ्ने छन् । महिला बुहारी भइसकेपछि पाउने भूमिका र समाजमा झेल्नुपर्ने विभिन्न लाञ्छनालाई केन्द्रमा राखेर यो छोटो फिल्म बनाइएको निर्देशक रुपाखेतीले पत्रकार सम्मेलनमा बताएका हुन ।

असल बुहारीमा दमन रुपाखेती आफैले अभिनय गरेका छन् । उनका साथमा मिनु कुमाइ, उत्तम कोदे, मिना जिसी, दिलिप ढकाल, उल्का घिमिरे, दिपक रायमाझी, सुप्रिया लामा, सपना कुँवर, पवित्रा कुँवरलगायतको अभिनय रहेको छ । छोटो फिल्मको मुख्य भूमिका अर्थात असल बुहारीमा मिनु कुमाइले अभिनय गरेकी छन् ।

फिल्म सागर खड्काले  खिचेका हुन् भने सुष्मा जिम्बाको सम्पादन तथा दिलिप ढकालको लगानीमा बनेको हो । सामाजिक यथार्थमा रहेर बनाइएको हुँदा सबैले रुचाउनेमा निर्माण टिमको विश्वास छ ।

प्रकाशित मिति : २०८१ चैत्र ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस