२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

तुलसीपुरमा रेडमी A5 को नयाँ मोडेल लन्च

दाङ, १० बैशाख । रेडमी a5 को नयाँ मोडेलको  मोबाइल तुलसीपुरमापनि लन्च भएको छ । Xiaomi Nepal ले लन्च गरेको रेडमी a5 तुलसीपुरमापनी मा कालीका मोबाइल प्रा.ली ले एक कार्यक्रमको आयोजना गरी मंगलबार लन्च गरेको छ । 

तुलसीपुर, सल्यान ,रुकुमका आधिकारिक विक्रेता तथा मा कालीका मोबाइल प्रा.लीका सञ्चालक शैलेन्द्र कुमार ओलीको अध्यक्षता एवं तुलसीपुर मोबाइल व्यवसायी संघका अध्यक्ष थुमन विश्वकर्माको प्रमुख आतिथ्यतामा लन्च भएको हो ।

निवर्तमान अध्यक्ष सुरज भण्डारी, मोबाइल व्यवसायी समितिका सल्लाहकार मोहन सुनारले शुभकामना व्यक्त गरेका थिए ।

मा कालीका मोबाइल प्रा.लीका सञ्चालक शैलेन्द्र ओलीले रेडमी a5 आकर्षक र अद्वितीय विशेषता रहेको बतार्का हुन । स्पष्ट तस्बिरहरू उपलब्ध गराउने क्षमता, लामो ब्याट्री जीवन, सहज सञ्चालन, आकर्षक डिजाइन रहेको ओलीले बताएका हुन ।

जसमा नयाँ लन्च भएको A5 मोबाइलको ३/६४ १०९९ ९ र४/१२८ ११९९९ आकर्षक मूल्य रहेको जानकारी गराएका हुन । तुलसीपुर, रुकुम, सल्यानका सम्पूर्ण मोबाइल पसलहरूमा उपलब्ध भइसकेको मा  कालीका मोबाइल प्रा.लीका सञ्चालक शैलेन्द्र कुमार ओली जानकारी दिएका हुन । मोबाइल फिचरको बारेमा कम्पनी प्रतिनिधि विवेक गुप्ता जानकारी दिएका हुन ।

मोबाइल व्यवसायी समितिका उपाध्यक्ष पंकज कुमार कसुधनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव नवीन वलीले गरेका थीए ।

प्रकाशित मिति : २०८२ बैशाख १० गते बुधवार
प्रतिक्रिया दिनुहोस