२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

दाङमा आरविटि खोखो क्लव गठन

दाङ, २६ असार । दाङमा आरविटि (राज वाला त्याग) खोखो क्लव गठन गरिएको छ । विहिबार दाङ जिल्ला खेलकुद विकास समितिमा जम्मा भएको भेलाले नेपाल खोखो संघका केन्द्रीय सदस्य उषा कवर मगरको अध्यक्षतामा आठ सदस्यीय क्लव गठन गरिएको हो ।

जसको उपाध्यक्षमा नोखी रावत, सचिवमा अमृता वली, कोषाध्यक्षमा माया खड्का चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुजन थापा, भानु घर्ती, टंक डाँगी र माधव गिरी चयन भएका छन् ।

क्लवको संरक्षकमा अशोक त्रिपाठी रहेका छन् भने सल्लाहकारमा सन्तोष वली, शान्ति सोमै थापा मगर, रुपलाल श्रेष्ठ, वालकृष्ण शाह र तेज बहादुर नेपाली रहको छन् ।

उत्त, भेलामा दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राकेश परियार, दाङ जिल्ला खोखो संघका अध्यक्ष बालकृष्ण शाह, फुटबल प्रशिक्षक रुपलाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८२ असार २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस