२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

पुष्पलालले परिकल्पना गरेको बाटोमा निरन्तर छौं, अध्यक्ष वली

दाङ, ८ साउन । नेपाल कम्युनिस्ट पार्टी का संस्थापक महासचिव क. पुष्पलाल श्रेष्ठले ४७ औं स्मृति दिवसको सन्दर्भमा दीप प्रजनल कार्यक्रम सम्पन्न गरिएको छ ।

अनेरास्ववियु राप्ती बबई क्याम्पस तुलसीपुर दाङको आयोजनामा नेपाल कम्युनिस्ट पार्टी का संस्थापक महासचिव क. पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसको सन्दर्भमा दीप प्रजनल कार्यक्रम सम्पन्न गरेको हो ।

दीप प्रजनल कार्यक्रममा बोल्दै प्रमुख अतिथि अनेरास्ववियु दाङ जिल्ला अध्यक्ष प्रदिप बस्नेतले जनताको मुक्तिका लागी पुष्पलालले आफ्नो ब्यक्तिगत जिवनलाई कुर्वाणी गरेको बताउदै आफुहरु निरन्तर पुष्पलालले देखाएकै बाटोमा अगाडि बढ्ने बताएका हुन् ।

यस्तै अनेरास्ववियु राप्ती बबई मुल एकाइ कमिटीका अध्यक्ष केवी वलीले पुष्पलालले परिकल्पना गरेको वैज्ञानिक समाजवादी व्यवस्था र वर्गविहीन, राज्यविहीन समानतामूलक समाजको बाटोमा आफुहरु निरन्तर लागिरहेको बताए । स्वाभिमान र स्वतन्त्रताप्रति अति संवेदनशील पुष्पलालको बिचार आजको पुस्तामा पनि उत्तिकै हुन आवश्यक रहेको समेत बताए हुन् ।

अनेरास्ववियु राप्ती बबई क्याम्पसका अध्यक्ष केवी वलीको अध्यक्ष तथा अनेरास्ववियु दाङ जिल्ला अध्यक्ष प्रदिप बस्नेतको प्रमुख अथितिमा सम्पन्न भएको उक्त दीप प्रज्वनल कार्यक्रममा २५ जना भन्दा बढी विद्यार्थी सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०८२ साउन ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस