२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

काङ्ग्रेस नेता मोहम्मद अफताब आलमको निधन

दाङ, २२ कार्तिक । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको निधन भएको छ । हिजो (शुक्रबार) राति करिब ३ बजे काठमाडौं मेडिकल कलेजमा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले नागरिकन्युजलाई जानकारी दिएका छन् ।

आलमको शव अन्तिम संस्कारका लागि परिवारका सदस्यले रौतहटको राजपुरतर्फ लगिसकेका छन् । पछिल्ला केही दिनदेखि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। मुटुमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । गत जेठ महिनामा नक्खु कारागारबाट रिहा भएपछि उनलाई ब्रेन स्ट्रोकसमेत भएको थियो ।

प्रकाशित मिति : २०८२ कार्तिक २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस