दाङ, १९ मंसिर । दाङ घोराही निवासी केशव नेपाली ‘खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल’का उप–सभापतिमा निर्वाचित भएका छन् । मंसिर १८ गते काठमाडौंमा सम्पन्न पार्टी घोषणा सभाले उनलाई उप–सभापतिको जिम्मेवारी प्रदान गरेको हो ।
नेपाली दीर्घकालदेखि नेपाली कांग्रेसका विभिन्न जिम्मेवारीपूर्ण पदमा सक्रिय रहँदै आएका थिए । दलित तथा गैरदलित समुदायमाथि हुने अमानवीय व्यवहार, दुर्व्यवहार जस्ता घटनाले समाजमा चेतना आवश्यक रहेको बताउँदै, यस्ता गलत हर्कतका विरुद्ध लड्ने लक्ष्यसहित आफू ‘हाम्रो पार्टी नेपाल’मा आवद्ध भएको उनले स्पष्ट पारेका छन् ।
प्रकाशित मिति : २०८२ मङ्सिर २० गते शुक्रवार