दाङ, ९ पुस । ज्ञान ज्योति इन्ट्रा कलेज टि-20 क्रीकेट प्रतियोगिता-२०८२ को उपाधि ज्ञान ज्योति स्नातक दोस्रो वर्षले जितेको छ ।
ज्ञान ज्योति फाउन्डेसनको आयोजनामा फाउन्डेसन मैदान गोलौरामा आज सम्पन्न फाईनल खेलमा ज्ञान ज्योति बिज्ञान संकाय ए टिम लाई २८ रनले पराजित गर्दै स्नातक दोस्रो वर्ष टिमले उपाधि जितेको हो । उपाधि संगै उसले नगद १५ हजार र ट्रफि हात पार्यो । फाईनलमा पराजित बिज्ञान संकाय ए टिम उपबिजेतामा सिमित रहदै नगद १० हजार र ट्रफीमा चित्त बिझाउन बाध्य भयो ।
टस जितेर ब्याटिङ गर्ने सुनौलो अवसर पाएको स्नातक दोस्रो वर्ष टिमले १५ ओभरको समाप्तिमा १०४ रन बनाउन सफल भयो । जसमा बिजय डागिले सर्वाधिक ३१ रनको योगदान दिए भने निराजले १५ रन जोड्न सफल भए । बलिङ तर्फ बिज्ञान संकाय ए का सागर रिजालले ४ विकेट लिए । प्रतिउत्तरमा १०५ रनको लक्ष्य पछ्याएको बिज्ञान संकाय ए १३ दशमलव ४ ओभरमा अलआउट हुँदै ७६ रनमा सिमित भयो । जसमा समीर नेपालीले ब्याक टु ब्याक ४ छक्का प्रहार गर्दै सर्वाधिक ४४ रनको योगदान दिए पनि अन्य ब्याट्सम्यान खासै चल्न सकेन् । प्रतियोगिताको म्याच द फाईनल स्नातक दोस्रो वर्षका सागर रिजाल भए । प्रतियोगिता अवधिभर अम्पायरको भुमिकामा सुदिप नेपाली, गोपाल केसी,बिपिन बस्नेत र निश्चल लामिछाने रहेका थिए ।
यसैबिच प्रतियोगिताको पुरस्कार वितरण तथा समापन समारोह ज्ञानज्योती कलेजका भाईस प्रीन्सिपल मनोज केसीको अध्यक्षता तथा युवा संजाल दाङका अध्यक्ष ऋषिराज लहरे अरुणको प्रमुख आतिथ्य एवं दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेतको विशिष्ट आतिथ्यमा भएको थियो । कार्यक्रममा ज्ञानज्योती कलेजका एकेडेमिक कोर्डिनेटर शरद गौतम, आदर्श एकेडेमिका प्रीन्सिपल वसन्त टन्डन लगाएतले मन्तव्य राखेका थिए ।
सो अवसरमा प्रतियोगिताका बिजेता, उपविजेता टिम तथा खेलाडी, ब्यक्तिगत बिधा तर्फ उत्कृष्ट खेल प्रदर्शन गर्ने प्लेयर अफ द टुर्नामेट बिजय डागी, वेष्ट ब्याट्म्यान गोपाल केसी,वेस्ट बलर सागर रिजाल लाई ट्रफी, मेडल, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । पुस ३ गते देखि सुरु भएको प्रतियोगितामा फाउन्डेसनका ९ टिमको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन ज्ञान ज्योति कलेजका शिक्षक सन्तोष केसीले गरेका थिए ।