गैर आवासीय नेपाली संघ एनआरएनएको एनसीसी चाइनाले ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरेको छ । एनसीसी चाइनाको कार्यसमितिको पहलमा संकलित रकमले दक्षिणकाली नगरपालिका –२ खोकना स्थित नेपाल कुष्ठरोग निवारण संघले सञ्चालन गरेको ‘खोकना आरोग्य आश्रममा’ न्यानो कपडा वितरण गरिएको हो ।
आरोग्य आश्रममा रहेका २२५ जना ज्येष्ठ नागरिकहरूलाई कपडा वितरण गरिएको एनआरएनएका आईसीसी सदस्य प्रदीप न्यौपानेले जानकारी दिए । कपडा वितरण कार्यक्रममा कपडा वितरण कार्यक्रममा उपाध्यक्ष निर्मल चौलागाईं, महासचिव यादव अर्याल, सहकोषाध्यक्ष रवीन्द्र माली, युवा संयोजक सुवर्ण श्रेष्ठ कार्यक्रम संयोजक र कार्यसमिति सदस्य तुलसी न्यौपाने, विजय पराजुली, युवराज थापा, दीपक अग्रवाल लगायतका सहभागी थिए ।
‘खोकना आरोग्य आश्रमले ज्येष्ठ नागरिकहरूका लागि राम्रो काम गरेको बताउँदै कार्यक्रममा सहभागीहरूले आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिवद्धता जनाएका छन् ।