२०८३ जेष्ठ ३१ गते आइतवार | 2026 June 14th Sunday

मगरको पहलमा खाद्यान्न सामाग्री र न्यानो कपडा वितरण

तुलसीपुर उपमहानगरपालिका वडा न १६ जिनवा गाउँका एक विपन्न परिवारलाई अति आवश्यक खाद्यान्न तथा न्यानो कपडा सहयोग गरिएको छ। केही वर्ष अघि वैदेशिक रोजगारी को शिलशिलामा मलेसियामा रहदा प्रेसरका कारण टाउकोमा रगत जमेर आधा शरीर नचल्ने भएका तुलसीपुर १६ का ४४ वर्षीय चन्द्रलाल वि क को परिवारलाई चामल, नुन, तेल, दाल, चिनी, साबुन, सरफ, आटा पिठो, लगायत आति आवश्यक सामग्रीहरु प्रदान गरिएको हो ।

आर्थिक अवस्था निकै कम्जोर भएको र अहिले अरुको घरमा बस्दै आएका वि क परिवार लाई साझ बिहानको छाक टार्न समेत धौं धौ भैइरहेको र उपचार गर्न समेत नसकी घर चलाउनै गार्हो भैरहेको बेला अनलाइन टि भि पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष एच. आर. मगर र लोक दोहोरी गायिका टिका सानुको टिमको सहयोगमा उक्त सामाग्री हरु प्रदान गरिएको हो ।

हाल भुटानको नट क्यारेलिनामा बस्दै आउनुभएका समाजसेवि कुमान सिंह गुरुङ र मनमाया गुरुङले पठाउनु भयेको २९ हजार २ सय ८० रुपैयाँ बाट उक्त परिवारको लागि आबश्यक खाद्यान्न र केही लत्ताकपडा किनेर उहाँकै घरमा गएर प्रदान गरिएको हो ।

हाल अहिले उनको परिवारमा १ छोरा र २ दुई छोरी र आफु बुढाबुढी गरि ५ जना रहेका छन । जसमध्ये उनका छोरा पनि अशक्त र स्वयम आफू घरमूली पनि अशत्त भएपछि छोरा र श्रीमानको उपचारका लागी भन्दै हाल रोजगारीको शिलशिलामा कुवेतमा रहनु भएकि उहाँकी श्रीमतीको पनि सोचेजस्तो कमाइकाज नभएका कारण आफुहरु सहयोग माग्न बाध्य परेको विकले बताउनुभयो l

उक्त सहयोग कार्यक्रममा अनलाइन टिभी पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष एच. आर. मगर , सचिव भिम बहादुर ओलि ( एस. वि. ) , झग्गु भण्डारी, सन्दिप गौतम , शान्तराम विश्वकर्माको लगायतका उपस्थीती रहेको थियो l

प्रकाशित मिति : २०७९ पुष ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस