२०८२ फाल्गुन २२ गते शुक्रवार | 2026 March 6th Friday

माघ २ गते सरकारले सार्वजनिक विदा दिने

सरकारले भोलि माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको बालुवाटारमा आज बसेको बैठकले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभएको छ । ‘मन्त्रिपरिषद बैठकले घटनाप्रति गहिरो दुस्ख व्यक्त गरेको छ ।

भोलि माघ २ गते शोकपूर्ण घटनाका सन्दर्भमा शोक मनाउने र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको उहालेबताउनुभएको छ । घटनाकाबारे परिवारजनलगायतलाई जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय भएको छ । दुर्घटनाका कारण पहिचान गर्न छानबिन समिति पनि गठन गरिएको उहाले बताउनुभएको छ । पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठन गरिएको र प्रतिवेदन पेश गर्न ४५ दिनको समय दिइएको उहाले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २०७९ माघ १ गते आइतवार
प्रतिक्रिया दिनुहोस