दाङ, १२ असोज । रुकुम बाँफिकाेटबाट दाङ तुलसीपुरतर्फ आउदै गरेकाे यात्रुबहाक हाईस दुर्घटना हुँदा मृत्यु भएका तीन जनाकाे सनाखत भएकाे छ ।
आईतबार राति २ बजेतिर लु २ ख ६५०२ नम्बरको गाडी कपुरकोट-३ चोरखोलामा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएकाे थियाे । मृत्यु हुनेमा बाँफिकाेट गाउँपालिका ५ निवासी ६७ बर्षीय पबि कसी, साेही ठाउँका २७ बर्षीय प्रकाश केसी र ३० बर्षीय शसिधर केसीकाे मृत्यु भएकाे हाे । दुर्घटनामा दुइजना गम्भीर घाइते भएका छन् । गाडी सडक देखि १५० मिटर तल खसेकाेे छ ।
प्रकाशित मिति : २०८२ असोज १२ गते आइतवार