२०८२ माघ १९ गते आइतवार | 2026 February 1st Sunday

कपुरकाेट दुर्घटना: मृतक  तीन जनाकाे पहिचान खुल्याे

दाङ, १२ असोज । रुकुम बाँफिकाेटबाट दाङ तुलसीपुरतर्फ आउदै गरेकाे यात्रुबहाक हाईस दुर्घटना हुँदा मृत्यु भएका तीन जनाकाे सनाखत भएकाे छ । 

आईतबार राति २  बजेतिर लु २ ख ६५०२ नम्बरको गाडी कपुरकोट-३ चोरखोलामा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएकाे थियाे । मृत्यु हुनेमा बाँफिकाेट गाउँपालिका ५  निवासी ६७ बर्षीय पबि कसी, साेही ठाउँका २७ बर्षीय प्रकाश केसी र ३० बर्षीय शसिधर केसीकाे मृत्यु भएकाे हाे । दुर्घटनामा   दुइजना गम्भीर घाइते भएका छन् । गाडी सडक देखि १५० मिटर तल खसेकाेे छ ।

प्रकाशित मिति : २०८२ असोज १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस