आङ तुलसीपुरका २ सय बढी जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । जाडोमा चिसो छल्न जेष्ठ नागरिकको सम्मानका लागि उपमहानगरपालिकाले दुई सय ८५ ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको हो ।
ज्येष्ठ नागरिकलाई खुसी दिन तुलसीपुर उपमहानगरपालिकाले अभियान चलाएको छ । धेरै ज्येष्ठ नागरिक आर्थिक अभावकै कारण न्यानो कपडा किन्न सक्ने अवस्थामा नभएको जनाउँदै न्यानो कपडा वितरण गरेको हो ।
तुलसीपुर उपमहानगरपालिकाकाले ज्येष्ठ नागरिकलाई सो न्यानो कपडा वितरण गरेको हो । उपमहानगरपालिकाका १९ वडाका ज्येष्ठ नागरिकलाई बलाङ्केट सहयोग गरिएको तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले जानकारी दिएकि छिन l उपमहानगरमा ८४ वर्ष माथिका जेष्ठ नागरिक ८ सय बढी छन् । नगरले चालुवर्षमा २ सय ८५ जनालाई मात्रै न्यानो कपडा वितरण गरेको छ ।
अतिविपन्न, गरिब, न्यानो कपडा किन्न नसक्नेलाई लक्षितगरी प्रत्येक वडाबाट १५ जनाका दरले न्यानो कपडा वितरण गरिएको नगर उपप्रमुख स्यानीय चौधरीले बताएका छन ।
अहिले बजेट न्यून भएकाले प्रत्येक वडाबाट १५ जनालाई मात्रै वितरण गरिएको भए पनि अर्को पटक यसलाई बढाउने लक्ष्य रहेको उहाँले बताउनुभयो । नगरका १९ वटै वडा-वडामा पुगेर न्यानो कपडा वितरण गरिएको छ । साथै आगामी वर्षदेखि ज्येष्ठ नागरिकको घर-घरमै गएर स्वास्थ्य जाँच गर्ने व्यवस्थासमेत मिलाउने उनको भनाइ छ ।
विपन्न ज्येष्ठ नागरिकको अवस्था दयनीय भएको जनाउँदै सहयोग गर्नु सकारात्मक कार्य रहेको ज्येष्ठ नागरिक मञ्च लुम्बिनी प्रदेशका संयोजक खुमानन्द अधिकारीले बताएका छन ।