
दाङमा माेटरसाइकल दुर्घटनाहुदा दुई युवककाे मृत्यु भएको छ । मृत्यु हुनेमा घाेराही १६ का २१ वर्षका सुशील चाैधरी र साेहि ठाउँका १८ वर्षका विवेक चाैधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
आइतबार राती करिब २ बजेको समयमा घाेराही-१६ को बेसाइस्थित सर्रा साैडियार सडक खण्डमा सुशील चौधरीले चलाएको रा ५ प ९५१४ नम्बरको माेटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हाे । दुर्घटनामा गम्भीर घाइते दुबैजनालाइ उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको थियो । उनीहरूको उपचारको क्रममा मृत्यु भएको प्रहरी कार्यालय दाङका डिएसपी राजन गाैतमले जानकारी दिनुभएको छ।
मृतककाे शव पाेष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठा घाेराहीमा राखिएको छ ।
प्रकाशित मिति : २०७९ माघ २ गते सोमवार