२०८१ असोज १७ गते बिहिवार | 2024 October 3rd Thursday

मृत्युपश्चात् शरीरका सबै अंगदान गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ मृत्युपछि सम्पूर्ण अंगदान गर्ने घोषणा गरेका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले शुक्रबार गरेको मृगौला प्रत्यारोपीको बृहत् भेलामा प्रचण्डले अंगदानको घोषणा गरेका हुन् ।

कार्यक्रममा भक्तपुर धर्मभक्त मानव अंग केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले प्रधानमन्त्रीलाई ‘डोनर कार्ड’ हस्तान्तरण गरे। कार्यक्रममा स्वास्थ्यमन्त्री पदम गिरीले पनि मृत्युपछि आफ्नो सम्पूर्ण अंगदान गर्ने घोषणा गरेका छन् । गिरीलाई प्रधानमन्त्री दाहालले दाता कार्ड प्रदान गरे ।

प्रकाशित मिति : २०७९ माघ ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस