२०८१ माघ २८ गते सोमवार | 2025 February 10th Monday

तुलसीपुरमा खुल्ला बिच भलिबल प्रतियोगिता सुरु

दाङको तुलसिपुरमा आज देखि खुल्ला पुरुष बिच भलिबल प्रतियोगिता २०७९ सुरु भएको छ । आज देखि सुरु भएको प्रतियाेगिता भोलि शनिबार सम्म संचालन हुने छ । राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर दाङकाे आयोजनामा संचालित प्रतियोगिताकाे उद्घाटन टेक्कान्डोका अनराष्टिय खेलाडी, नेपाली काङ्ग्रेसका युवा नेता, युवा व्यपसायी मोहन स्वर्णकारले गरेका थिए । उद्घाटन समारोह लाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी स्वर्णकारले खेलकुदको विकास स्थानिय स्तरबाटै हुनु पर्ने र तुलसीपुरका जति पनि विद्यालयहरुमा खेलाडीहरु छन ती सब्बै खेलाडीहरु राप्ती किङ भलिबल प्रशिक्षण केन्द्रले नै उत्पादन गरेको बताएका थिए । साथै पश्चिम क्षेत्रमा बिच भलिबल निकै कम हुने भएकाले यो खेल आयोजना गरेकोमा आयोजकलाई धन्यवाद सम्म व्यक्त गरेका थिए ।

प्रशिक्षण केन्द्रका का. वा. अध्यक्ष बिरेन्द्र कुमार डाङ्गीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला कार्य समिती सदस्य रमेश मल्ल, युवा नेता राजेश श्रेष्ठ लगाएतकाले शुभकामना मन्तव्य राखेका थिए । राप्ती किङ प्रशिक्षण केन्द्रका कोषाध्यक्ष राजु यरिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन अनलाइन टि भि पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष एच. आर. मगरले गरेका थिए । उक्त प्रतियोगितामा साबिक राप्ती अञ्चलका विभिन्न जिल्ला बाट १३ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको बिजेता टिमले नगद रु. १५ हजार १ सय १५ रुपैयाँ, कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछन । भने उपविजेताले नगत ७ हजार ५ सय ५७ रुपैयाँ मेडल तथा प्रमाणपत्र हात पार्ने प्रतियोगिता मुल आयोजक समितिका सदस्य सन्तोष राना मगरले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०७९ माघ १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस