२०८३ असार ३० गते मङ्गलवार | 2026 July 14th Tuesday

देउखुरी महोत्सवमा माघ १५ गते गायक प्रताप दास आउदै

माघ १२ गते बाट सुरु भएको “छैटौ देउखुरी कृषि पर्यटन तथा व्यापारीक महोत्सव” मा माघ १५ गते गायक प्रताप दास, आउदै छन । गायिक प्रताप संगै बसन्ती चौधरी, दोषरहण चौधरी, सृजना गुरुङ, अनुष्का चौधरी, अनुम बुढा मगर, दिपक बर्मा, गायिका तथा कार्यक्रम सन्चालिका उमादेवी खनाल लगाएतका राष्ट्रिय तथा स्थानियस्तरका कलाकारको प्रस्तुती रहने आयोजक देउखुरी उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष तथा सांस्कृतिक समितिका संयोजक केशवराज पोख्रेलले जानकारी दिएका छन् ।

‘कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार’ भन्ने मुल नाराका साथ महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण तथा प्रवद्र्धन गर्ने मुख्य उद्देश्य रहेको आयोजक देउखुरी उद्योग वाणिज्य संघ लमहीले जनाएको छ । महोत्सव माघ १२ गते देखि २५ गतेसम्म सञ्चालन हुने आयोजक देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०७९ माघ १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस