२०८३ असोज ४ गते आइतवार | 2026 September 20th Sunday

देउखुरी महोत्सवको सातौ दिन माघ १९ गते गायक पशुपति शर्मा आउदै

देउखुरी उद्योग वाणिज्य संघ लमहीले आयोजना गरेको छैठौँ कृषि, पर्यटन तथा व्यापारीक महोत्सवको भोलि सातौ दिन बिहीवार गायक पशुपति शर्मा, गायक ढाकाराम पौडेल, गायक चोलेन्द्र पौडेल, गायक घनश्याम रिजाल, डान्सर नारायणी खत्री, उद्घघोषक अनुप बुढा मगर, डान्सर दिपक वर्मा, सगरमाथा डान्स ग्रुप नेपालगन्ज लगायत अन्य थुप्रै स्थानीय कलाकारहरु को प्रस्तुति रहने महोत्सव व्यवस्थापक विनोद बुढाथोकीले जानकारी दिएका छन ।

यहि माघ १२ गते देखि संचालन भएको व्यापारीक महोत्सव अजम्बरी सामुदायिक वनको पिकनिक स्थल (विविधता पार्क) मा सञ्चालित भैराकेको छ । महोत्सवमा करिव ५० हजार दर्शकले अवलोकन गर्ने र १ करोड बराबरको कारोबार गर्ने लक्ष्य आयोजकले राखेको छ ।

महोत्सव अवधीभर अपाङगता भएका र जेष्ठ नागरिकहरुलाई परिचय पत्रका आधारमा नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । त्यस्तै सर्वसाधारणका लागि रु. १ सय तथा विद्यार्थीको हकमा रु. ८० रुपैयाँ टिकटदर कायम गरिएको छ ।

प्रकाशित मिति : २०७९ माघ १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस