२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

घोराही प्रदशनिमा महानायक राजेश हमालसहितका थुप्रै कलाकार आउने

दाङको घोराहीमा सञ्चालन हुन लागेको लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी २०७९ मा आउने कलाकारको ब्यानर सार्वजनिक गरिएको छ ।

‘‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिकोआधार’ भन्ने मुल नाराका साथ प्रदर्शनी यहीँ फागुन ३ देखि १३ गतेसम्म दाङ घोराही उपमहानगरपालिका–१४ झिगौरामा सुरु हुदै छ ।

प्रदर्शनीमा महानायक राजेश हमाल, नायकहरु आर्यन सिग्देल,रमित ढुंगाना लगायत राष्ट्रियस्तरका चर्चित कलाकार प्रकाश सपुत, प्रमोद खरेल, मेलिन राई, शान्ति श्री परियार , एलिना चौहान, पुष्कर शर्मा, ज्योति मगर, लगायतका करिब ५० बढी राष्ट्रीय तथा स्थानीय कलाकारहरु आउने भएका छन । नेपाल घरेलु तथा सानाउद्योग महासंघ दाङको आयोजनामा हुने प्रदर्शनीको तयारी तीब्र पारिएको संघका अध्यक्ष तथा मूल आयोजक समितिको संयोजक प्रदीप मजगैयाँले जानकारी दिएका छन ।

प्रदर्शनीमा करिब करिब ३ सय स्टलहरु रहने छन । जस्मा लघु, घरेलु कृषि एवं महिला उद्यमशिलता, पर्यटन, औद्योगिक तथा व्यापारिक प्रतिष्ठान, क्षेत्रका स्टलहरु रहने छन् र प्रदेशभरिका महासंघआबद्ध एक सय स्टल निःशुल्क हुने पनि आयोजकले जनाएको छ । यसैगरी प्रदर्शनी अवधिभर थुप्रै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती समेत रहने आयोजकले बताएको छ ।

प्रकाशित मिति : २०७९ माघ १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस