२०८१ असोज २० गते आइतवार | 2024 October 6th Sunday

महेन्द्र मा वि तुलसीपुरको आयोजनामा तुलसीपुर नगर स्तरीय रनिङ शिल्ड हुँदै

महेन्द्र मावि तुलसीपुरको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा यही फागुन ४ गते देखि बेलझुण्डी रङ्गशालामा तुलसीपुर नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ हुने भएको छ । ४ दिन सम्म सञ्चालन हुने रनिङ शिल्ड प्रतियोगितामा भलिबल, कबडी, छात्र, छात्रा, एथ्लेटिक्स ट्रयाक तर्फ १००, २००, ४००, ८००, १५००, ३००० मिटर छात्र / छात्रा दौड, १०० गुणा ४०० र ४ गुणा ४०० छात्र, छात्रा रिले दौड तथा फिल्ड तर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याकलिन थ्रो र सटपुट छात्र, छात्रा बिच कडा प्रतिस्पर्धा हुने आयोजकले महेन्द्र मा वि ले जानकारी दिएको छ ।

प्रतियोगितामा तुलसीपुर नगर क्षेत्रका सामुदायिक तथा निजी विद्यालयको सहभागिता रहनेछ भने विद्यालयमा कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष उमेर सम्मका सोही स्कुलमा पढ्ने छात्र / छात्रा ले मात्र भाग लिन पाउनेछ्न् ।

यसैबीच प्रतियोगिता आयोजना गर्ने जिम्मा पाएको महेन्द्र मावि तुलसीपुरले रनिङ शिल्ड प्रतियोगिताको तयारी लाई तीब्र पारेको छ । प्रतियोगिता लाई भव्य एवं सभ्य तवर ले सम्पन्न गर्न आयोजक महेन्द्र मावि तुलसीपुरले भेलाको आयोजना गरि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषि राज लहरे ( अरुण ) संयोजक रहेको ९ सदस्यीय प्रतियोगिता सञ्चालन मूल आयोजक समिति गठन गरेको छ ।

जसको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक जित बहादुर थापा, सदस्यहरूमा सूर्य बहादुर बस्नेत, नेत्रमणि पाण्डे, लेखनाथ शर्मा, नोखी रावत, लक्ष्मण बस्नेत ,घनश्याम डाँगी, राजिव ओझा रहेका छन् । त्यस्तै भेलाले राष्ट्रपति रनिङ शिल्डमा उमेरको हदमा १८ वर्ष नाघेको र तुलसीपुर नगर क्षेत्र बाहिरको छात्र छात्रा विद्यालयबाट सहभागी गराएको प्रमाणित भएमा सम्बन्धित विद्यालयलाई एक वर्ष रनिङ शिल्ड प्रतियोगितामा प्रतिबन्ध लगाउने भेलाले निर्णय समेत गरेको छ ।

साथै मूल समितिले प्रतियोगिता लाई व्यवस्थित र मर्यादित बनाउन मूल समितिको मातहतमा रहने गरि आगामी बैठकबाट विभिन्न उपसमिति बनाउने तयारी गरेको मूल समिति संयोजक ऋषिराज लहरे ( अरुण ) ले जानकारी दिए । । भेलामा तुलसीपुर उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखा, तुलसीपुर नगर क्षेत्रका सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापक एवं प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७९ माघ १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस