२०८१ माघ ११ गते शुक्रवार | 2025 January 24th Friday

तुलसीपुरमा श्रीमद्भागवत महापुराण सञ्चालन हुने

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ नयाँ वषपार्क पुलचोकमा श्रीमद्भागवत महापुराण तथा शिव चर्चा २०७९ हुने भएको छ । जय मंहाकाल मानवसेवा आश्रमको आयोजनामा फागुन २४ गतेदेखि ३० गतेसम्म श्रीमदभागवत महापुराण सञ्चालन हुन लागेको हो । आयोजक जय मंहाकाल मानवसेवाले बुधबार तुलसीपुरमा पत्रकार सम्मेलन गरेर महापुराण बारे जानकारी दिएको हो ।

महापुरानको प्रमुख कथा वाचकमा श्री अच्युतशरण धिताल र उपवाचकमा पण्डीत अंगिरा जोशी रहेका छन् । जय महाकालले तुलसीपुर स्थित वष पार्कमा १२० दिनदेखि कोही नभएका र केही नभएकालाई निःशुल्क रुपमा खाना खुवाउँदै आएको छ । खासगरी केही नभएकाहरुलाई खाना खुवाउने मात्रै नभएर उनीहरुको उपचार र बस्नको लागि घर बनाउने उदेश्यले महापुराण आयोजना गरिएको जय महाकाल मानवसेवा आश्रमका सचिव शम्भु घर्तीले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०७९ फाल्गुन १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस