२०८३ भाद्र १ गते सोमवार | 2026 August 17th Monday

दलित पत्रकार संघको स्थापना दिवशको पुर्वसन्ध्यामा दिप प्रज्वलन

राष्ट्रिय दलित पत्रकार संघ नेपाल दाङ शाखाको १२ औं स्थापना दिवसको पुर्व सन्ध्यामा दिप प्रज्वलन कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । संघका वरिष्ठ उपाध्यक्ष गिरिराज नेपालीको अध्यक्षता तथा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीको प्रमुख आतिथ्यतामा दिप प्रज्वलन कार्यक्रम सप्पन्न गरिएको हो ।

दिप प्रज्वलन कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ नेपाल दाङ शाखाका संस्थापक अध्यक्ष जनक नेपाली, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष सविन प्रियासन, प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डप शर्मा, दलित अभियान्ता देउमन दमाईले बोलेका थिए ।

संघको कार्यसमिति सदस्य अस्मिता नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कोषाध्यक्ष चन्द्रप्रकाश नेपालीले गरेका थिए । कार्यक्रममा बोल्ने बक्ताहरुले पत्रकारितामा दलित समुदायको सहभागीता उत्साहजनक भएको भन्दै व्यवहारिक रुपमा जातिय छुवाछूत अत्य र दलित समुदायको उत्थानका बिषयलाई लेखनीका माध्यमबाट थप उजागर गर्नुपर्ने बताएका थिए ।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल दाङ शाखाले १२ औं स्थापना दिवस भोली शनिवार तुलसीपुर उपमहानगरपालिकाको सभाहलमा एक भव्य समहारोकाविच औपचारिक कार्यक्रम गरेर मनाउँदै छ । साथै स्थापना दिवशका अवसरमा सङ्घले स्थापना गरेकाे दलित पत्रकार पुरस्कार बाट क्रियाशिल दुई पत्रकार र सङ्घकाे विकासमा याेगदान पुराएका दलित पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेकाे अध्यक्ष बसन्त परियारले जानकारी दिएका छन ।

बिहान ११ बजेदेखि तुलसीपुर उपमहानगरपालिकाकाे सभा हलमा सुरु हुने कार्यक्रमको सम्पुर्ण तयारी पूरा भैसकेको र उपस्थितिकाे लागि अध्यक्ष परियारले अनुरोध गरेका छन ।

प्रकाशित मिति : २०७९ फाल्गुन १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस