२०८१ असोज २६ गते शनिवार | 2024 October 12th Saturday

७५ बर्षे बृद्ध जो मायाजालमा पर्दा गुमाए लाखौंको सम्पत्ति

दाङ लमही नगरपालिका वडा नं. – ९ अमिलियाका ७५ बर्षीय जानकिलाल बस्नेतले एक तरुणीको पछि लाग्दा लाखौं सम्पत्ति गुमाएका छन् । तुलसीपुरस्थित रिपोटर्स क्लवमा दुई दिन अगाडि पत्रकार सम्मेलनमा बस्नेत स्वएंले त्यो कुरा बताएका हुन ।

बस्नेलेले तुलसीपुर उपमहानगरपालिका – ६ बरुवागाउँकी एक ३५ बर्षीया महिलाले आफुसंग बिहेको नाटकमञ्चन गरि आफ्नो जग्गा जमिन झुक्याएर लगेको बताएका थिए ।

गत कात्तिक २८ गते बस्नेतको नाममा रहेको अमिलियास्थित १२ कठ्ठा १५ धुर जग्गा ती महिलाको नाममा पास भएको थियो । आँफुलाई ती महिलाले मायाजालको नाटक गरि झुक्याएर जग्गा फुत्काएको भन्दै जग्गा फिर्ता पाउनु पर्ने माग गरे ।

जानकीलालले जिल्ला प्रहरी कार्यालयमा सोही बेहोरोको जाहेरी ती महिला बिरुद्ध माघ २५ गते दिएका छन् । जाहेरी पछि ती महिला हाल प्रहरी हिरासतमा रहेकी छन् ।

स्रोतका अनुसार ती महिलाले उक्त जग्गा एक सहकारीमा धितोमा राखेर झन्डै १६ लाख बढी रकम झिकिसकेकी छन् । जग्गा आफ्नो नाममा नामसारी गरि सकेपछि उनले मतलव गर्न छोडेपछि बल्ल आँफुमाथि प्रेमको नाटक मञ्चन गरि सम्पत्ति कब्जा गर्ने षडेन्त्र भएको कुरा आँफुले चाल पाएको बस्नेतले पत्रकार सम्मेलनमा बताए ।

ती महिला संग बस्नेतको गत बर्ष जेठ महिना पछि फोन सम्बाद सुरु भएको थियो । फोनबाट कुरा गर्दा गर्दै उनीहरु एक अर्कालाई श्रीमान श्रीमतिको रुपमा स्वीकार्न राजी भएको बस्नेतले बताए ।

औपचारिक रुपमा बिहे नगरेपनि बिश्वासमा परी आँफुले सम्पत्ति दिन राजी भएको बस्नेत बताउँछन् ।
जग्गा बाहेक आँफु संग थापाले पटक÷ पटक गरि एकलाख ११ हजार रुपैंया लगेको र एउटा सुनको औंठीपनि दिएको बस्नेतले पत्रकार सम्मेलनमा दाबी गरेका थिए ।

बस्नेतका अनुसार उनकी श्रीमतिको दश बर्ष पहिले मृत्यु भएको थियो । एक्ला छोरा रोजगारीको सिलसिलामा भारतमा रहेको तथा दुई छोरीको बिहे भइ सकेको बस्नेतले बताए । बस्नेत घरमा एक्लै बस्दै आएका थिए ।

तुलसीपुर बसपार्ककी एक सुनार थरकी महिलाले बस्नेत र ती महिलाको चिनजान गराउनुका साथै नम्बरपनि उपलब्ध गराएका थिए ।

फोन सम्बाद हुँदै जाँदा सम्बन्ध जोड्ने नाटक गरि आँफुलाई फसाउने खेल भएको बस्नेतले बताए ।

बस्नेतलाई फसाउने महिला अर्काकी श्रीमति हुन । उनले प्रहरी समक्ष १५ बर्ष यता श्रीमान संग कुनै सम्बन्ध नरहेको भन्ने वयान गरेकी छन ।

उनका पहिलेका श्रीमान बिदेशमा रहेको स्रोतले जानकारी दियो । उनका दुई सञ्तान पनि छन् ।

‘बिहे गर्छु भनेर आफ्नो सम्पत्ति सबै लगेको भन्दै ठगी मुद्दा’ बस्नेतले ती महिला बिरुद्ध दायर गरेको जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका एक प्रहरी अधिकारीले जानकारी दिए ।

यो बीचमा प्रहरीले अनुसन्धान कार्य पुरा गरि जिल्ला सरकारी वकिलको कार्यालयमा पठाइ सकेको प्रहरी बताउँछ । रुपालाई अब फेरि अदालत लैजान तयारी भएको र बाँकी कुरा अदालतको आदेशमा निर्भर हुने प्रहरी अधिकारीले बताए ।

प्रकाशित मिति : २०७९ फाल्गुन २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस