२०८२ साउन २ गते बुधवार | 2025 July 16th Wednesday

दाङमा आमा-छाेरा मिलेर बावुकाे ह-त्या गरे

दाङको बंगलाचुली गाउँपालिकामा एक जनाको हत्या भएको छ । गाउँपालिकाको वडा नम्वर २ मर्पेस निवासी ३५ वर्षका रेशम सुनारको हत्या भएको हाे ।

सुनारलाई उनका छोरा १८ वर्षिय शिवराज सुनार र श्रीमती वर्ष ३६ की कमला सुनारले मिलेर हत्या गरेको बताईएकाे छ । मृतक रेशम सुनारलाई कोदालोको पासाले टाउकोमा हानी हत्या गरिएको हाे ।

हत्यामा संलग्न आमा छोरा दुवैलाई प्रहरीले पक्राउगरी सकेको छ । सुनारको घरमा लामोसमय देखि मदिरा खाएर श्रीमान श्रीमती विचमा झगडा भईरने गरेको र हिँजो पनि परिवारमा एक आपसमा विवाद हुँदा छोरा र श्रीमतीले कुटपिट गर्दा ज्यानगएको हुन सक्ने वडा अध्यक्ष मैते पुनमगरले जानकारी दिएका छन । शवलाई पोस्टमार्टमका लागि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस