२०८३ साउन ३० गते शनिवार | 2026 August 15th Saturday

शुक्रबार तुलसीपुरको बालापुरमा गायिका टीका सानू आउँदै

तुलसीपुर उपमहानगरपालिका २ स्थित बालापुरमा हुन लागेको विविध खेलकुद कार्यक्रमको भोलि शुक्रबार सास्कृतिक कार्यक्रम सहित उद्घाटन गरिने भएको छ । कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका टीका सानू, लोक गायक सागर वलि, उद्घोषक एच. आर. मगर, गायक गणेश डाङ्गी ( गगन ) मोडल अर्जुन रोका मगर, दिपक वर्मा, सुस्मिता कोईराला लगायतका कलाकारहरु को उपस्थित रहने आयोजकले जानकारी दिएको छ ।

तुलसीपुर नगर युवा सञ्जालले नयाँ वर्ष २०८० सालको अवसरमा विविध खेलकुद तथा सास्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो । वडाका युवाहरूको माग र महिला तथा बालबालिकाहरूमा लुकेर रहेको प्रतिभालाई उजागर गर्ने मुख्य उद्देश्यले टोल स्तरीय प्रथम भलिबल प्रतियोगिता, टोल स्तरीय महिला कुर्सी दौड प्रतियोगिता, खुला घैँटो फोड प्रतियोगिता लगायत खुला सोलो बाइक रेस पनि उक्त कार्यक्रममा सञ्चालन गर्न लागेको नगर युवा सञ्जालका अध्यक्ष गणेश भण्डारीले जानकारी दिएका छन ।

कार्यक्रमको उद्घाटन बैशाख ८ गते शुक्रबार बिहान १० बजे गरिने कार्यक्रम संयोजक भिम ओलिले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० बैशाख ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस