२०८३ साउन २३ गते शनिवार | 2026 August 8th Saturday

युथ अफ देउखुरीको अध्यक्षमा माईकल बस्नेत चयन

युथ अफ देउखुरी गठन गरिएको छ । युवा समाजसेवी माइकल बस्नेतकाे अध्यक्षतामा युथ अफ देउखुरी गठन गरिएकाे हाे ।

उपाध्यक्षमा इन्द्रबहादुर खड्का, सचिवमा प्रशान्त बस्याल, सह-सचिवमा रितेश खड्का, काेषाध्यक्षमा पबित्रा विश्वकर्मा, सदस्यहरुमा झलक सिंह रसाइली, सूरज पाण्डे, दीपक गिरी, प्रकाश रेग्मी, मधु डी.सी, तिलक खनाल, अब्दुल हफ़ीस शिदीकी, सुशील खनाल रहनु भएको छ । युथ क्लव अफ देउखुरीका अध्यक्ष माइकल बस्नेतकाे अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जाेगराज चाैधरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई सम्बाेधन गर्दै नगर प्रमुख चाैधरीले युवाहरुलाइ कुलत, विसंगतिबाट जाेगाएर समाज निर्माणकाे अभियानमा लगाउनुपर्ने बताएका छन ।

कार्यक्रममा युथ अफ तुलसीपुरका अध्यक्ष ऋषिराज लहरे(अरुण), वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायव निरिक्षक सुरज शाह लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रकाशित मिति : २०८० बैशाख १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस