दाङ तुलसीपुर ५ निवासी समजसेवी एवम् गायक दीपक वलीले लोक दोहोरी गीत बजारमा ल्याएका छन् ।
समाजसेवी एवम् लोक तथा दोहोरी गायक वलीले “के तिमिलाई झल्को आउदैन” बोलको गीत बजारमा ल्याएका हुन् । गीतमा इश्वर बीसी को शब्द , दिपक वली लय र इश्वर बिसी, कमला वली र दिपक वलीको स्वर रहेको छ ।
उक्त गितको भिडियोमा ललित, पुजा, प्रेम, सुस्मा को अभिनय रहेको छ भने गीतको सुटिङ दाङ शान्तिनगर गाउपालिको अधेरे भन्ने ठाउँमा छायांकन गरिएको छ । भिडियोको निर्देशकमा सरोज रेग्मीले रहेका छन् । भने उक्त म्युजिक भिडियो Dipak Oli Official YouTube Channel बाट सार्वजनिक गरिएको छ ।
प्रकाशित मिति : २०८० जेष्ठ ४ गते बिहिवार