ग्लोबल ओरिएन्स नेपाल दाङ शाखाले आफ्नो स्थापना दिवस मनाएको छ । आफ्नो ३ औं स्थापना दिवसको अवसरमा शाखाले तुलसीपुरको मानवसेवा आश्रममा रहेका बृद्धबद्धालाई फलफूल वितरण गरेको छ । जेष्ठ नागरीक (बृद्धबृद्धा सिंगो राष्ट्रका अनुभवको जीउँदो प्रतिमूर्ति र इतिहास भएकाले उनीहरुको सम्मान स्वरुप फलफूल वितरण गरिएको संस्थाले जनाएको छ स्थापना दिवसको अवसरमा केक समेत काटिएको थियो । शाखाका अशोक चौधरीको प्रमुख आथित्यता एंव प्रर्मिला बस्नेत विशिष्ट अतिथि रहेको कार्यक्रममा पारस बन्जाडेले स्वागत मनतव्य राखेका थिए । रमेश वलीको अध्यक्षतामा सम्पन्न उक्त फलफूल विरतरण कार्यक्रमको सहजिकरण झरना केसीले गरेकी थिइन ।
प्रकाशित मिति : २०८० जेष्ठ २७ गते शनिवार