२०८२ फाल्गुन २४ गते आइतवार | 2026 March 8th Sunday

सल्यान बागचौरमा भएको सप्ताहमा बाट ३३ लाख बढि रकम संकलन

सल्यानको बागचौरमा जेठ १४ गते देखि जेठ २१ गतेसम्म संचालन भएको महायज्ञ पुराणको आयोजक समितिले आय व्यय सार्वजनिक गरेकाे छ ।

बागचौर नगरपालिकाको आर्थिक सहयोग र ज्येष्ठ नागरिक सेवा समाज नेपाल बागचौर नगर कार्यसमितिको आयोजनामा जेठ १४ गते देखि ७ दिनसम्म संचालन भएको श्रीमद्भागवत ज्ञान महायज्ञ सप्ताह पुराणको आज बागचौरको होटेल शारदामा सार्वजनिक गरिएको हो ।

महायज्ञ सप्ताह पुराणमा दानवीर दाताहरुबाट उठेको रकम ३३ लाख ६ हजार ८१ रुपैयाँ, बागचौर नगरपालिकाकाबाट आर्थिक सहयोग १० लाख गरि जम्मा रकम ४३ लाख ६ हजार ८१ संकलन भएको र खर्च १६ लाख २१ हजार ८ सय १० रुपैयाँ भएको ज्येष्ठ नागरिक सेवा समाज बागचौर नगर समिति सचिव दिपेन्द्र शर्माले जानकारी दिएका छन ।

ज्येष्ठ नागरिक सेवा समाज बागचौर नगर समिति अध्यक्ष युवराज गौतमले पूण्य आर्जन गर्ने, धर्म संस्कृतिको रक्षा गर्ने, बागचौर नगरपालिकाको पहिचान गराउने र ज्येष्ठ नागरिक मिलन केन्द्र भवन निर्माण गर्ने उद्देश्य राखी महायज्ञ सप्ताह पुराण संचालन गरिएको बताउँदै बचत रकमको सहि सदुपयोग गर्ने बताएका छन । उनले महायज्ञ अवधिभर विभिन्न क्षेत्रबाट सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै लगत्तै भवन निर्माण कार्य अगाडि बढाउन उचित र व्यवस्थित स्थानमा जग्गा दिने जग्गादाताको खोजी गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २०८० असार २ गते शनिवार
प्रतिक्रिया दिनुहोस