कर्णाली प्रदेश सभा सदस्य तथा प्रदेश मामिला समिति सभापति कल्याणी खड्का चढेको गाडि रुकुम पश्चिमको चौरजहारीमा दुर्घटना भएको छ । चौरजहारी बजारबाट कोटजहारी तर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ झ ००४४ नम्बरको सरकारी गाडि वडा नम्बर ३ को माओवादी पार्टी कार्यालय नजिकै दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी प्रदेश सभा सदस्य खड्का सहित ७ जना घाइते भएका छन् । गाडि अनियन्त्रित भई सडकबाट अन्दाजी ४ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिएका छन ।
दुर्घटनास्थलमा इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक झलकप्रसाद शर्माको नेतृत्वमा ७ जनाको प्रहरी टोली खटिएको थियो । घाइतेलाई उद्धार गरी चौरजहारी अस्पतालमा लिएको प्रहरी निरीक्षक खड्काले बताएका छन ।
प्रकाशित मिति : २०८० असार ९ गते शनिवार