
सल्यानको कपुरकोट गाउँपालिकाले खरको छाना मुक्त घर बनाउने अभियान अन्तर्गत सुरक्षित नागरिक आवास कार्यक्रमलाई प्राथामिकता दिएको छ । गाउँपालिकाको १३ औं गाउँसभामा प्रस्तुत गरिएको बार्षिक निति तथा कार्यक्रममा सुरक्षित नागरिक आवास कार्यक्रमलाई प्राथामिकता दिइएको हो ।
कपुकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले सम्बृद्ध गाउँपालिका र सुखी कपुरकोटबासी बनाउने प्रमुख उदेश्य सहित एकिकृत कृषि बिकास कार्यक्रम मार्फत बिभिन्न कार्यक्रम सञ्चालन गरिने,अध्यारो मुक्त कपुरकोट बनाउने अभियान अन्तर्गत पूर्ण बिधुतिकरण,एक घर एक धारा,पूर्ण सरसफाई उन्मुख गाउँपालिका लगायतका कार्यक्रमहरु १३ औं गाउँसभामा प्रस्तुत गर्नु भयो ।
मानब संसाधन बिकास गरी महिला तथा लक्षित बर्गको क्षमता बिकासका लागि उपाध्यक्षसंग दिदि बहिनी,बालश्रम तथा छुवाछुत लगायत अन्धबिस्वास मुक्त गाउँपालिका घोषणा गर्ने कार्यक्रम,लागु औषध दुब्र्यसनी,बालबिबाह मुक्त गाउपालिकाको लागि जागरण कपुरकोट कार्यक्रमहरु बार्षिक निति तथा कार्यक्रमको प्राथामितामा परेका छन् ।
गाउँपालिकाको १३ र्औं गाउँसभामा उपाध्यक्ष प्रकाश भण्डारीले आर्थिक बर्ष २०८०।०८१ का लागि ४३ करोड ७५ लाख २० हजार ९ सय रुपैयाको बार्षिक बजेट प्रस्तुत गर्नु भयो । भण्डारीले चालु तर्फ २८ करोड २४ लाख २९ हजार ९ सय र पुजिगत तर्फ १५ करोड ५० लाख ९१ हजार रुपैया बिनियोजन गरेको जानकारी दिनुभयो ।
गाउपालिकाको १३ औं गाउँसभाबाट बिभिन्न बिधेयकहरु पारित भएका छन् । गाउँसभामा प्रस्तुत गरिएको बजेटलाई असार १८ गते बस्ने गाउँपालिकाको बैठकले पारित गर्ने कार्यसुचि रहेको प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिनुभयो ।