दाङ तुलसीपुर स्थित पातुखोलामा डुबेर एक बालक गम्भिर घाइते भएका छन् । तुलसीपुर–७ गैरापातु निवासी तुलसी दमाईका ११ वर्षिय छोरा रबिन परीयार पातुखोलामा डुबेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिएका छन ।
साथीसंगै खोलामा नुहाउन गएका बालक डुबेको अवस्थामा स्थानीयले फेला पारेको उनले बताएका छन । पानीमा डुबेका बालकको उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार शुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० असार २३ गते शनिवार