
स्वतन्त्र शैक्षिक परामर्शदाता संघ, नेपाल (फेकन) को निर्वाचनमा धाँदली भएको छ । वैधानिक तरिकाले सदस्यता नविकरण समेत नगरी राजु निरौला समूहले एकलौटी चुनाव गराउने तयारी गरेपछि अर्को समूहले उम्मेदवारी घोषणा नै फिर्ता लिएको छ ।
फेकनको नयाँ नेतृत्वका लागि प्रज्वल बस्नेत नेतृत्वको प्यानल घोषणा गरिएको थियो । बस्नेत हाल फेकोनका वरिष्ठ उपाध्यक्ष हुन् । अध्यक्षका लागि स्वतः प्रमुख दावेदार रहेका बस्नेत नेतृत्वको प्यानल वैधानिक तरिकाले प्रक्रिया पुर्याएर निर्वाचन गराउनु पर्ने पक्षमा थियो ।
विधि विधानकै अवमूल्यन हुने गरी निरौला गुटले जर्वजस्ती चुनाव गराउने ढिपी गरेपछि उम्मेदवारी घोषणा नै फिर्ता लिएको प्रत्यासी बस्नेतले बताएका छन् ।
प्रकाशित मिति : २०८० असार २४ गते आइतवार