आफ्नै छोरीलाई बलात्कार गरेको कसुरमा दैलेख जिल्ला अदालतले ५० वर्षका एक पुरुषलाई ३३ वर्षको कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासमा सोमवार हिजो यस्तो फैसला भएको सूचना अधिकारी टीकाराम न्यौपानेले जानकारी दिनुभयो।
गएको चैत १ गते १७ वर्षीया छोरीलाई बलात्कार गरेको भन्दै चैत २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको थियो । बालिकाको स्वास्थ्य परीक्षण समेत चैत २१ गते नै भएको थियो । बलात्कार गरेको पुष्टि भएपछि हाडनाता करणीमा २५ वर्ष र पीडितको उमेर अनुसार हुने बलात्कार सजायमा ८ वर्ष समेत थपेर कसुरदारलाई ३३ वर्ष कैदको सजाय सुनाइएको अदालतको फैसलामा उल्लेख छ ।
प्रकाशित मिति : २०८० असार २६ गते मङ्गलवार