२०८२ फाल्गुन ३० गते शनिवार | 2026 March 14th Saturday

फेलोसिप ट्रेनिङ सेन्टरले आफ्ना विद्यार्थीलाई बधाई संगै गर्‍यो सम्मान

दाङ तुलसीपुर ६ स्थित फेलोसिप ट्रेनिङ सेन्टरले आफ्ना १२ बिद्यार्थी ले नेपाल आर्मीमा नाम निकाल्न सफल भएको उपलक्ष्यमा बधाई तथा सम्मान कार्यक्रमलाई सम्पन्न गरेको छ । नेपाली काङ्ग्रेस तुलसीपुर नगर सभापति सुरेश हमालले को प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

बधाई तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका सभापति सुरेश हमालले आफ्नो र गुरुको मेहनतलाई आत्मसाथ गर्दै शिक्षालाई समेत महत्व दिएर भविश्यमा सेनाको अनुसाशनमा रही देश र जनताको सेवामा सर्मित हुन आग्रह समेत गरेका थिए ।

फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु एरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाली काङ्ग्रेस तुलसीपुर नगर सभापति सुरेश हमाल, नेपाली काँग्रेसका जिल्ला सदस्य रमेश मल्ल, नेकपा एमाले तुलसीपुर नगरक कमिटी सचिव रुपबहादुर खत्री, भलिवल प्रशिक्षक द्रोर्ण चन्द, शिक्षक नारायण भट्टराइ, नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का लगाएतले नेपाली सेनामा नाम निकाल्न सफल भएका भाई बहिनिहरुलाई शुभकामना दिदै भविश्यमा थप सफलताको लागि निरन्तर प्रयासरत रहन आग्रह गरेका थिए । भने चिन्तामणि भट्टराइको स्वागत मनतब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण एच. आर. मगरले गरेका थिए ।

प्रकाशित मिति : २०८० असार ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस