२०८२ जेष्ठ ४ गते शुक्रवार | 2025 May 16th Friday

खोलामा डुबेर दाङमा एक बालकको मृत्यु

दाङमा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ को ग्वारखोलाको बाँधमा पौडी खेल्ने क्रममा डुबेर रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ५ का ६ वर्षिय बालक निर्माण बुढाको मृत्यु भएको हो ।

साथीसंगै शनिबार दिउँसो पौडी खेल्न गएका बालकको पानीमा डुबेर मृत्यु भएको वडा अध्यक्ष रामबहादुर जिसीले जानकारी दिएका छन । पानीमा डुबेर घाइते बालकलाई उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

तुलसीपुर–६ ज्ञानज्योति टोलमा डेरामा बस्दै आएका बालक दिउँसो ग्वारखोला बाँधमा पौडी खेल्न गएका हुन् । पानीमा डुबेर अर्का बालक घाइते भएको उनले बताएका छन ।

प्रकाशित मिति : २०८० साउन ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस