२०८१ माघ ६ गते आइतवार | 2025 January 19th Sunday

दाङमा टिपर र बस ठोक्किदा १७ जना घाइते

दाङमा टिपरमा यात्रुवहाक बस ठोक्किदा १७ जना घाइते भएका छन् । मंगलबार दिउँसो साढे ३ बजेतिर लमही नगरपालिका ६ स्थित बेलदमारमा लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा १ ख २०१७ नम्बरको बालुवा बोकेको टिप्परमा बिपरित दिशाबाट जाँदै गरेको ग १ ख ९९७८ नम्बरको बस ब्रेक फेल भई ठोक्किदा १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइते हुनेमा राजपुर गाउँपालिका ७ लैबरूवा बस्ने ५० वर्षकि रिता बिक, भारतको मध्ये प्रदेश शिवाजी नगर भुषाल बस्ने २७ वर्षका शनि बिष्ट, तुलसीपुर उपमहानगरपालिका १६ बस्ने ४२ वर्षका हेम बहादुर बस्नेत, गढवा गाउँपालिका ४ बस्ने ३१ वर्षका शम्भु चौधरी, रोल्पा रुन्टिगढी गाउँपालिका ६ बस्ने ५२ वर्षका ईन्द्र सिंह घर्तीमगर, राप्ती गाउँपालिका ५ बस्ने २६ वर्षकि प्रमिला चौधरी, घोराही उपमहानगरपालिका १४ बस्ने २८ वर्षकि जुन माया परियार, उनकी छोरी ५ वर्षकि एसिका परियार, सोही ठाउँ बस्ने १७ वर्षकि खुसी परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता एवं डीएसपी राजन कुमार गौतमले जानकारी दिए ।

उनका अनुसार घोराही उपमहानगरपालिका १४ बस्ने ४६ वर्षकि रामकली बिक, घोराही ४ बस्ने १९ वर्षका हिरा बुढामगर, तुलसीपुर १३ बस्ने ७७ वर्षका बिजुली बहादुर घर्तीमगर, लमही ९ बस्ने ३० वर्षका ओवीराम कुमाल, घोरारी ७ बस्ने ४६ वर्षकि कल्पना थापा, राजपुर ७ बस्ने ६७ वर्षकि भद्रिकला घर्तीमगर घाइते भएका छन् । घाइतेहरु सबैको अवस्था सामान्य रहेको र उनीहरूको लमही अस्पतालमा उपचार भैरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस