
दाङ घोराही उपमहानगरपालिका–७ शुक्रबारे स्थित जंगुवा खोलामा डुबेर एक जना वेपत्ता भएको प्रहरीले बताएको छ ।
घोराही उपमहानगरपालिका–१० निवासी २८ वर्षका सुनिल पुन मगर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी राजन गौतमले जानकारी दिएका छन । वेपत्ता पुनको खोजी कार्यका लागि १० जना प्रहरी परिचालन गरिएको छ ।
प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार