दाङ तुलसीपुरका ९ वटा क्रसर उद्योगको अनुगमन गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले उपमहानगरपालिका भित्रका ति क्रसर उद्योगको अनुगमन गरेको छ ।
सोमबार क्रसर तथा वासिङ उद्योगको अनुगमन गरिएको र केही दिनमा त्यसको प्रतिबेदन आउने अनुगमन समितिका संयोजक तथा तुलसीपुर उपमहानगरपालिका वडा नं.१६ का अध्यक्ष शिवानन्द डाँगीले बताए ।
डाँगीका अनुसार अनुमति भन्दा बढि ढुंगा, गिट्टि, बालुवा राखिएको पाईएमा थप राजश्व लिनकालागि अनुगमन गरिएको हो ।
प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार