दाङमा युवाले पछिल्लो समय बढ्दै गहिरहेको बलात्कार जस्ता जघन्य अपराधका विरुद्ध बिरोध प्रदर्शन गरेका छन्।
दाङमा पछिल्लो समय दिनप्रतिदिन बढ्दै गहिरहेको बलात्कारजस्ता जघन्य अपराधका विरुद्ध आज तुलसीपुरको बि.पि चोकमा स्वतन्त्र युवाहरुले बिरोध प्रदर्शन गरेका हुन्!
उक्त बिरोध प्रदर्शनमा बोल्दै युवा विद्यार्थी के.बि वलीले पछिल्लो समय दिनप्रतिदिन बलात्कार जस्ता जघन्य अपराध बढ्दै गहिरहेको र स्थानीय सरकार,प्रहरी प्रशासन ,कुनै पनि युवा संगठन, संस्थान महुन बसिरहेको बेला आफूहरु बस्न नसक्ने बताउनु भएको छ। यो घटना कुनै व्यक्ति माथि मात्र नभई सिङ्गो समाज माथीको घटना भएको उहाले दाबी गर्नुभएको हो।
यस्तै उहाले आज शान्तिपूर्ण तरिकाले ध्यानाकर्षण गराइएको र सम्बन्धित निकाय ले समयमा चासो नदेखाएमा वा ध्यानाकर्षण नभएको पाइएमा युवा शक्ति जुनसुकै कदम चाल्न पनि पछि नहट्ने र त्यसबाट हुने सम्पूर्ण असर को जिम्मेवार सम्बन्धित निकाय नै हुनुपर्ने बताएका हुन ।
यस्तै अर्का युवा गणेश भण्डारीले पनि स्थानीय सरकार प्रदेश सरकारले विभिन्न युवा क्लब हरु गठन गरेको तर युवाको नेतृत्व गर्ने ती संस्थाहरूमा आबद्ध युवा लिडर हु भन्ने हरुले कुनै पनि गलत प्रविधिका विरुद्ध एउटा प्रेस विज्ञप्ति सम्म निकाल्न नसकेको प्रति आपत्ति जनाउदै यस्ता गलत प्रविधिका विरुद्धमा सम्पुर्ण युवाहरू एक भएर लड्नु पर्ने बताउनु भएको हो।
अर्का वक्ता युवा विद्यार्थी रन्जना कामीले पनि आफ्नो मन्तव्य राख्दै दिनप्रतिदिन घट्दै गहिरहेका बलात्कार जस्ता जघन्य अपराधले गर्दा आफु आफ्नै बुवा,दाइ-भाइ बाटै बलात्कारको सिकार हुन्छु कि भन्ने डर त्रासले बाच्नु परेको बताउनु भएको हो।
दिनदिनै महिलाहरुनै बलात्कृत हुने तर कुनै पनि महिला हरु त्यो अन्यायको विरुद्ध बोल्न नसक्ने र सरकार कुनै पनि प्रशासनले ध्यान नदिएको कारण यस्ता घटना बढी रहेको र यसका समाजमै बिकृती फैलाउने घटनाका विरुद्धमा सम्पुर्ण युवा हरु एक भएर लड्नु पर्ने बताउनुभएको हो।
यस्तै उक्त कार्यक्रमका संयोजक रहनुभएका युवा सन्दीप गौतमले अबको विकल्प युवा एक हुनु पर्ने बताउनु भएको हो।
पछिल्लो समयमा दाङमा मात्र नभई देशका विभिन्न ठाउँमा बलात्कार जस्ता घटना हरु घटिरहेको हुँदा यसको विरुद्धमा अब हरेक युवाले अब जस्तो सुकै मुल्य चुकाउन तयार रहनु पर्ने र यस्ता घटना कुनै पाटी संस्थाको मात्र नभई सिङ्गो राष्टको घटना भएको हुदा सबैजना एकताबद्ध भई लड्नु पर्ने बताउनु भएको हो।
उक्त कार्यक्रम मा अभिषेक दाहाल , हेमन्त प्रकाश वली , निम बहादुर बुढाथोकी, खेमराज सेन्चुरी, झरना के सी, लगायतले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सन्चालन तथा सहजिकरण पत्रकार सागर सुबेदी ले गर्नु भएको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरुले आज शान्तिपूर्ण तरिकाले ध्यानाकर्षण गराइएको र सम्बन्धित निकाय ले समयमा चासो नदेखाएमा वा कडा आन्दोलन गर्ने बताएका हुन।