२०८१ माघ ६ गते आइतवार | 2025 January 19th Sunday

लाईन्स क्लब अफ दाङ क्यापिटल द्वारा आर्थिक सहयोगमा हस्तान्तरण

लाईन्स क्लब अफ दाङ क्यापिटलले तुलसीपुर उपमहानगरपालिका वडा न. ८ जनजागरण टोल टिकरिका दुवै मिर्गौला पिडित भुवन चौधरीलाई आर्थिक सहयोग गरेको छ ।

दुवै मिर्गौला फेल भएका चौधरीलाई लाईन्स क्लब अफ दाङ क्यापिटलको टिमले पिडितको घरमै पुगि नगत ७ हजार ७० रुपैयाँ सहयोग गरिएको हो । पीडित चौधरीको घरको आर्थिक अवस्था निकै कम्जोर भएको र उपचार गर्नको लागि आर्थिक रकम जुताउन नसकेकाले पीडितको घरमै पुगि सहयोग रकम हस्तान्तरण गरिएको अध्यक्ष दिपक क्षेत्रीले जानकारी दिएका छन ।

दुवै मिर्गौला पिडित चौधरीलाई सहयोग गर्ने लाइन्स क्लब अफ दाङ क्यापिटलका अध्यक्ष दिपक क्षेत्रीको नेतृत्वमा भिम प्रसाद वलि, प्रकाश भुसाल, सुरेन्द्र बोहरा, डम्बर के सि, दिपक वलिको उपस्थित रहेको थियो । हाल चौधरीको काठमाडौ स्थित नेपाल मेडिकल हस्पिटलमा उपचार भैरहेको र पीडित चौधरीलाई सहयोग गर्न सम्पुर्ण लाई अध्यक्ष क्षेत्रीले आग्रह समेत गरेका छन ।

प्रकाशित मिति : २०८० साउन १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस