२०८३ असोज १३ गते मङ्गलवार | 2026 September 29th Tuesday

वाइसीएल दाङद्वारा सामुदायिक वनमा वृक्षाराेपण

दाङ, २४ साउन । नेकपा (माओवादी केन्द्र) सम्बद्ध वाइसीएल नेपाल दाङले सामुदायिक वनमा बृहत् वृक्षारोपण गरेकाे छ । घाेराही उपमहानगरपालिका वडा नं ६ स्थित नेत्रलाल अभागी सामुदायिक वनमा विभिन्न प्रजातिका विरुवा लगाईकाे हाे । साज, टिक, बरर, श्रीस, अमला, समी, पारिजात लगायतका पाँच सय प्रजातिका विरुवा लगाइएको वाइसीएल दाङका सचिव अनिल शेर्पालीले जानकारी दिएका छन ।

वृक्षारोपण कार्यक्रममा माओवादी लुम्बिनी प्रदेश सदस्य एवम् दाङ २ (ख) का इञ्चार्ज अजयदीप शर्मा, माओवादी दाङ जिल्ला सचिव विश्वराज आचार्य, प्रदेश सल्लाहकार जगवीर थारू, माओवादी जिल्ला समन्वय समिति सदस्य श्रीधर पाैडेल, नगर सचिव साकार थारू, सामुदायिक वनका अध्यक्ष अटल थारू, वाइसीएलका केन्द्रीय सदस्य हरिश गिरी, जिल्ला अध्यक्ष माधव बुढाथोकी, सचिव अनिल शेर्पाली, काेषाध्यक्ष हिमा पुरी लगायतका नेताहरूकाे उपस्थिति रहेकाे थियाे ।

प्रकाशित मिति : २०८० साउन २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस