२०८२ फाल्गुन २२ गते शुक्रवार | 2026 March 6th Friday

अप्टिमिष्ट क्लब अफ तुलसीपुरको अध्यक्षमा सापकोटा

दाङ,२७ साउन । अप्टिमिष्ट क्लब अफ तुलसीपुरको अध्यक्षमा कमल सापकोटालाई चयन गरिएको छ । शनिबार तुलसीपुरमा भएको अधिवेशनबाट सापकोटालाई अध्यक्षमा चयन गरिएको हो । त्यस्तै अध्यक्ष इलेक्टमा एकराज भण्डारी, महासचिवमा बिष्णु योगी, उपाध्यक्षमा टिम अधिकारी र नोबेल डीसी, कोषाध्यक्षमा डम्बर डाँगीलाइृ चयन गरिएको छ ।

त्यस्तै डाइरेक्टरमा केश कुमार खडका र कृष्ण पोख्रेल, सचिबमा प्रदिप वली, पार्लामेटियनमा सन्दिप भुसाल, पीआरओमा मेघराज पोख्रेल, तालीम निर्देशकमा डिआर भण्डारी, शिक्षा संयोजकमा युबराज डाँगी, प्रबक्तामा दिपक बोहरालाई मनोनित गरिएको छ ।
त्यस्तै कार्यक्रम मुल्यांकन संयोजकमा नबराज भण्डारी, अतिथि सत्कार संयोजकमा केसब खनाल, युथ मोटिभेटर संयोजकमा माधब बस्नेत, छात्रवृत्ति निर्धारण संयोजकमा हरि वली, कानुनी सल्लाहकारमा निरन्जनबाबू पाण्डेलाई चयन गरिएको अप्टिमिष्ट क्लब राप्तीका अध्यक्ष नेत्रलाल भट्टराई(नारायण)ले बताए ।

त्यस्तै सल्लाहकारहरुमा बिष्णु देबकोटा, झरेन्द्र खरेल, मेघराज घिमिरे , सुर्य शर्मा र गिरिराज डाँगीलाई चयन गरिएको छ । साथै निवर्तमान अध्यक्ष मानबहादुर बस्नेतले एक बर्षे कार्यकालमा सहयोग गर्ने सबैमा धन्यवाद ब्यक्त गरे ।

प्रकाशित मिति : २०८० साउन २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस