२०८१ माघ ३० गते बुधवार | 2025 February 12th Wednesday

सिम्रन परियार र ऋषि खड्काको स्वरमा “ए साईला परेली भित्र”

दाङ , २८ साउन । पछिल्लो समयमा सामाजिक सञ्जालमा निकै भाइरल भएकी बागलुङकि गायिका सिम्रन परियार को अर्को गित सार्वजनिक गरिएको छ । सिम्रन परियार र ऋषि खड्का को स्वारमा रहेको “ए साईला परेली भित्र” बोलको गित आज सार्वजनिक गरिएको हो ।

केही दिन यता देखि सामाजिक संजाल भरी बागलुङकि सिम्रन परियार कै चर्चा भैराखेको छ । सिम्रन को आवाजमा गितहरु पनि सार्वजनिक भैराखेका छन । यसै क्रममा ऋषि खड्का को शब्द / संगितमा आज अर्को गित सार्वजनिक गरिएको छ । उक्त गितको संगीत संयोजन रमेश सेन्चुरीले गरेका हुन ।

श्रीजन बरालको निर्देशन रहेको म्युजिक भिडियोमा सिम्रन परियार, ऋषि खड्का, अम्दा आले मगर, र दिनेश थापाको अभिनय देख्न सकिन्छ । दीपक गिरीको छायांकन रहेको उक्त म्युजिक भिडियोको सम्पादन अमृत चापागाईं गरेका हुन । गित ऋषि खड्का कै अफिसियल युटुप च्यान मार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : २०८० साउन २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस