२०८१ मङ्सिर २० गते बिहिवार | 2024 December 5th Thursday

सन नेपाल लाइफ इन्स्योरेन्सको IPO निष्कासन

काठमाडौं, ३२ साउन । सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई प्रिमियम भाउमा आइपीओ निष्कासन गरेको छ । इन्स्योरेन्सले आज साउन ३२ गते बिहीबारदेखि जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३०५ ले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको हो ।

यसले प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ दरमा ९६ लाख कित्ता आइपीओ सर्वसाधारणलाई निष्कासन गरेको छ । ९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन भइसकेको छ । ४ लाख ८० हजार कित्ता सेयर कर्मचारी र ४ लाख ८० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

सर्वसाधारणले बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयरका लागिभदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ १४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।

प्रकाशित मिति : २०८० साउन ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस