
सल्यान, ४ भदौ । रुकुम पश्चिमबाट दाङको तुलसीपुर आउँदै गरेको हाइस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिकानिवासी कमारो कामी र सल्यान दार्मा गाउँपालिका– २ का ओमपथ खत्री रहेका राप्ती प्रादेशिक अस्पताल स्रोतले बताएको छ।
लु २ ख ५७३१ नम्बरको यात्रुबाहक हाइस सल्यानको कपुरकोटमा दुर्घटना भएको हो । कपुरकोट गाउँपालिका– ३ आगरखोलानजिकै दिउँसो ३ बजेतिर दुर्घटना भएको हो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० भाद्र ४ गते सोमवार