२०८३ बैशाख २८ गते सोमवार | 2026 May 11th Monday

गुरु जजुरका विद्यार्थी पढ्ने मात्र होईन कमाउने नि गर्छन्

दाङ, २० भदौ । गुरु जजुर माध्यमिक बिद्यालय तुलसीपुर उपमहानगरपालिका ४ रक्षाचौरका विद्यार्थीहरुले पढ्ने संगै आफै कमाउने गर्दछ्न् ।

भदौ २० गते श्रीकृष्ण जन्माष्टमी परेको थियो सबै रमाइलो गर्न तिर हिडिरहेका थिए तर गुरु जजुरका विद्यार्थी केहीले तरकारी तौलिरहेका थिए भने केहीले ग्राहकसँग ‘बार्गेनिङ’ गरिरहेका देखिन्थे । हामी पनि के रहेछ भनेर उनीहरुको नजिकै गयौं जहाँ उनीहरू आफैं उत्पादन गरेका तरकारी आफैँ बिक्री वितरण गरिरहेका रहेछन् ।

गुरुगजुर माविमा कृषि बाली विज्ञान अध्ययनरत विद्यार्थीहरुले चार बिघाभन्दा बढी जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका र उत्पादन भएको तरकारी बजारमा लगेर बेच्ने गरिरहेको देखियो ।

कृषि शिक्षा बढी प्रयोगात्मकमा केन्द्रित हुने भएकाले पनि सबै विद्यार्थी मिलेर यसरी कृषि खेती गरिएको र उत्पादित तरकारी आफैँले बिक्री गर्ने गरेको विद्यार्थी विद्यार्थीहरुले बताउँथे । आफुहरुको विषय पनि कृषि भएकाले कृषिलाई कसरी आधुनिककरण गर्न सकिन्छ भन्ने पनि थाहा हुन्छ’, त्यसैले ‘खोज अनुसन्धान गर्न सहज भएको पनि उनिहरु बताउछन् ।

विद्यालयले बीउलगायत अन्य प्राविधिक सहयोगका साथै आवश्यकता अनुसार ऋण पनि दिने गरेकामा विद्यार्थीरुले त्यो ऋण त्यही उत्पादित वस्तु बिक्री गरेर तिर्नाका साथै बाँकी रहेको रकम कोषमा जम्मा गर्दै आइरहेको कृषि शिक्षिका समिक्षा गुप्ताले जानकारी दिएका हुन ।

प्रकाशित मिति : २०८० भाद्र २० गते बुधवार
प्रतिक्रिया दिनुहोस