
दाङ, २९ भदौ । लुम्बिनी प्रदेश सरकारले थारु समुदायको बड्का अट्वारीको अवसरमा दाङसहित बाँके र बर्दियामा सार्वजनिक विदा दिने भएको छ । भदौ ३१ गते पर्ने अट्वारीको दिन विदा दिने निर्णय गरेको हो ।

गह एक विज्ञप्ति जारी गरि यस्तो जानकारी दिएको हो । थारु समुदायले अट्वारीलाई विशेष पर्वका रुपमा मनाउने गरेका छन् । थारु बाहुल्य भएका यी तीन जिल्लामा प्रदेश सरकारले उक्त विदा दिएको हो ।
प्रकाशित मिति : २०८० भाद्र २९ गते शुक्रवार