असोज ६ दाङ । अस्पतालको लापरबाहीका कारण बिरामीको निधन भयको आफन्तले बताएका छन् ।
आफन्तका अनुसार तुलसीपुर उपमहानगरपालिका ८ दोघरेमा रहेको योगेश मेडिकलमा सामान्य बिरामीभै चेकप गर्नजादा अस्पतालको लापरबाहीको कारण मृत्यु भएको बताएका हुन् ।
तुलसीपुर उपमहानगरपालिका ५ की ४५ वर्षीया सीता जैसीको डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै पीडितहरू कारबाहीको माग गर्दै आन्दोलित भएका छन् । शनिबार बिहान ११ भिडिओ एक्सरे गर्नको लागि उनी तुलसीपुर ८ शान्तिदिप चोकमा रहेको दोघरे पोलिक्लिनिकमा गएकी थिएन । मृतक सीताको ढाड दुख्ने समस्या थियो ।
मृगौलामा पत्थरी परेको शंका लागेपछि आमालाई उनलाई भिडिओ एक्सरे गर्नको लागि लगिएको उनका छोरा कृष्ण जैसीले जानकारी दिए । उनले भने,‘ भिडिओ एक्सरे गर्न मेडिकलमा लगेका थियौँ । तर, त्यहाँ आमालाई सलाइन पानीसँगै सुई पनि दिइयो । हामीले नदिन आग्रह गर्दा समेत दिएको थियो । पछि आमालाई गाह्रो हुँदै गएपछि यहाँ सकिदैन, राप्ती प्रादेशिकमा लैजान भनेर रिफर गरियो । यहाँ ल्याउँदा आमाको मृत्यु भयो । यो सबै त्यहाँका डाक्टरका कारण भएको उनले बताएका हुन । यस्तै उसलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ भोलि हामीले व्यहोर्नुपरेको दुख अरुले व्यहोरन नपरोस् भन्ने हाम्रो माग हो ।’ यस्तै मृतकका सव अहिले राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।