२०८१ असोज २० गते आइतवार | 2024 October 6th Sunday

खुकुरी प्रहार बाट महिलाको मृत्यु सिङ्गो गाउँ शोकमा

दाङ, ७ असोज । तुलसीपुर ११ बेलटाकुरामा एक पुरुषले खुकुरी प्रहार गर्दा एक महिलाको घटना स्थलमै मृत्यु भएको छ । भन्ने थप दुई जना घाइते भएका छन्
शनिबार दिउसो साढे २ बजेतिर तुलसीपुर ११ बेलटाकुराको भगवति टोलका करिव ३९ वर्षीय टेक बहादुर हमालले खुकुरी प्रहार गर्दा सोही ठाउँकी अन्दाजी ४३ वर्षिय रिता लामिछानेको मृत्यु भएको हो ।

प्रत्यक्ष दर्शिका अनुसार उनले सोही ठाउँका अन्दाजी ४५ वर्षीय बिर बहादुर हमाल र ६५ वर्षीय कमला कुमारी हमाल माथि खुकुरी प्रहार गर्दै आइरहेको बेला उनिलाई पनि घरको पिडिमा बसेर बत्ती काट्दै गरेको क्रममा उनी माथि पनि खुकुरी प्रहार भएको बताएका हुन् ।

यस्तै वडा न.१४ का अध्यक्ष मान बहादुर रावतले यो घटाउनले गर्दा आफ्नो वडा निकै दुखी भएको बताउनु भएको हो। आफुले जानकारी पाए लगत्तै २:३० मा घटना स्थल पुग्दा घटना घटिसकेको र घाइते हरुलाई उपचारको लागी प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइसकेको थियो! मैले बिरामीको अवस्था बुझन र बिरामीको उपचारमा सहज गराइदिन प्रादेशिक अस्पताल तुलसीपुरका डा.ओम अर्याल संग कुरा गरेको समेत बताएका हुन् ।

यस्तै अध्यक्ष रावतले इगल खबर संग कुरा गर्दै अहिले यो घटनाले सिङ्गो समाज लाई तरंगित बनाएकोउनले बताए ।
घटनाघटी सकेपछि उनको मनसिक सन्तुलन ठिक नभएको भन्ने कुरा आएको भए पनि यो भन्दा पहिले उनको परिवार , टोल कहिकतै बाटो उनको स्वास्थ्य अवस्था बारे वडालाई कुनै जानकारी न आएको बताका हुन।

यस्तै उनले आगामी दिनमा यस्ता घटना नदोहोरियोस् भनेर अब सबै टोल समुदाय परिवार सचेत हुनुपर्ने समेत बताएका छन।

यस्तै स्थानीय युवराज लामिछाने आफू बिहानभरी त्यहीँ बसेर आफू घर गएको तर दिनमा एकासी यस्तो घटना सुन्दा निकै दुखी भएको बताए ! उसले उतादेखी चौधरी महिला हरुलाई लेखेट्दै ल्याएको होहल्ला भएको सुनेर केरहिछ भनेर आफू त्यतातिर जदा खुकुरी प्रहार गरेको हुनसक्ने उनी बताउछन्

उनिले भने आफुले भेट्दा अन्टिको मृत्यु भैसकेको र घाटीमामा दुइ तीन ठाउँमा काटिएको थियो त्यो अवस्था हेर्नै लाहेको नभएको पनि उनी बताउछन् । उ पहिले देखि नै अन्टिकोमा आउने जाने गर्त्यो र हरेक बेला अन्टिले सम्झाउने गर्नु हुन्थ्यो उसले मान्त्यो पनि त्यही सोचेर अन्टीले आफुले भनेको मान्छ भनेर हेलसारी गरेर सम्झाउन जादा त्यस्तो हुने सकेको तर अन्टीलाई उता घटना घटाएर आएको छ भन्ने थाहा नभएको पनि उनले बताए ।

अब आफू हरुको माग त्यस्लाई ज्यान माराको सजाए हुनुपर्ने र सके सम्म कानुन ले नै उनिलाई अब आउन नदिए राम्रो हुनि उनी बताउछन् ।

यस्तै अर्का स्थानीय तेज बहादुर चन्दले भन्ने म कुखुराको मल मैले बिक्री गर्दै थिए एकासी होहल्ला भयो माथी बाट कालागरेर खुकुरी ल्याएर आउनलाछ भाग भन्ने सुने पछि आफ्नो ज्यान जोगाउन आफू भागेको यति नभागेको भए आफू पनि मर्न सक्ने उनी बताउछन् ।
यतिबेला सिङ्गो गाउँ सोकमा परेको छ। घटना अनुसन्धान भैरहेको छ

प्रकाशित मिति : २०८० असोज ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस