२०८३ साउन ३० गते शनिवार | 2026 August 15th Saturday

देशलाई गरीब बनाउनेहरु जेल जाँदैछन् : मन्त्री मास्की

दाङ, १३ असोज । लुम्बिनी प्रदेशका अर्थमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य धनबहादुर मास्कीले सरकारी सम्पति दुरुपयोग गरेर मुलुकलाई गरीब बनाउनेहरु जेल जान थालेको बताएका छन् ।

माओवादी केन्द्र तुलसीपुर ९ को पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई शनिबार सम्वोधन गर्दै उनले मुलुकमा ब्याप्त भ्रष्टाचारले नै मुलुक समृद्धिको मार्गमा हिड्न नसकेको भन्दै त्यसलाई अन्त्य गर्न बर्तमान सरकारले चालेको कदमलाई सबैले सहयोग गर्नुपर्ने बताए ।‘यो देशका पूर्व गृहमन्त्री, पूर्व उपप्रधनमन्त्री, शासक, प्रशासक, अरबपति जेलमा जान थालेका छन्’,उनले भने‘उनीहरु आफू धनी बनेर देशलाई गरीब बनाउनेहरु हुन्, अझै को कतिबेला जेलमा जान्छ, थाहा छैन, सरकारले थालेको यो अभियान सानो कठीनका साथ सुरु गरिएको होइन् ।’

यो अभियान थालेपछि बिभिन्न तवरबाट यो सरकारलाई कम्जोर पार्न थालिएको समेत बताए । यसमा जनता सचेत हुनुपर्ने उनको भनाई छ । ‘यो अभियानलाई सफल पार्न नसकेमा समृद्धिको सपना नदेखे हुन्छ ।’,उनले भने ।
पार्टीका वडाध्यक्ष मदन हमालको अध्यक्षतामा भएको कार्यक्रममा अभियान संयोजक तिलकराम शर्मा, नगर इञ्चार्ज प्रेमराज वली प्रभात, दुर्गा शर्मालगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०८० असोज १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस